संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ बेलगाछीमा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसीप्रसाद गुरागाइँको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका हुनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिटी सफारीका चालक सुनसरीको दुहबी नगरपालिका-५ का ४२ वर्षीय बलबहादुर लिम्बू पनि गम्भीर घाइते भएका छन् ।

Advertisement

उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेलगाछी चोकस्थित पूर्वपश्चिम लोकमार्गमा विराटचोकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेको प्र १-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

तीब्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बस चालक सुन्दरहरैँचा-७ का ४२ वर्षीय लेप्चन साहलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!