
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर बोर्डर पोष्टबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक छन् ।
उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली रुपैयाँमा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । प्रहरीले मोटरसाइकल पछाडि सवार राजेश चमार रजकको साथबाट नक्कली नोट बरामद गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













