
विराटनगर । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका एक यात्रु लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २८ वर्षीय बालकुमार पाण्डे छन् ।
बा. प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई सोमबार राति सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनको साथबाट ४४ ग्राम तीन सय ९० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













