संगालोखबर


विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ बाट प्रहरीले एक सय २८ किलो गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ७ः४० बजे केसलिया खोला हुँदै विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोबाट गाँजा बरामद भएको हो ।

विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ अटो छोडेर चालक उखुबारीतिर भागेर फरार भएका छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार अटोमा पाँच वटा जेब्रा झोलामा राखिएको अवस्थामा बरामद भएको गाँजा एक सय २८ किलो चार सय ५० ग्राम छ । गाँजासहित अटोलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!