
विराटनगर । विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा संचालनमा आएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ट्राफिक चोकस्थित रेन्बो गल्लीमा नयाँ शाखा संचालनमा ल्याइएको हो ।
नयाँ शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरला कार्कीले गरेकी थिइन् । पुरानो पसल छेउमा नै नयाँ शाखा विस्तार गरिएको अर्गानिक घरका निर्देशक अभिषेक गौतमले बताए ।

अर्गानिक घरले स्वदेशी उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिरहेको गौतमको भनाइ थियो । उनले यहाँ गुणस्तरीय उत्पादनहरू पाइने उल्लेख गरे ।

संगालोखबर 













