
विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर चार सय १८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा सात सय ११ जना गम्भीर र आठ हजार पाँच सय ३० जना सामान्य घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लापरबाहीपूर्वक सवारी-साधन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन् । सो अवधिमा ट्राफिक नियम उलङ्घन गर्ने दुई लाख १३ हजार छ सय ९५ वटा सवारी-साधनलाई कारबाही गरिएको छ ।
उक्त कारबाहीबाट १६ करोड २९ लाख ७१ हजार पाँच सय ५१ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
ट्राफिक नियमको पालना गर्दै सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

संगालोखबर 













