संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-४ की ३३ वर्षीया प्रकृति राई छिन् ।

प्रहरीका अनुसार आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!