
सुनसरी । सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-९ का ३० वर्षीय पवन मेहेता छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनलाई भोक्राहा नरसिंह गाउँपालिका-५ चप्राहाबाट बिहीबार साँझ पक्राउ गरिएको हो । उनको साथमा रहेको को १५ प ८८७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको खतिवडाले जानकारी दिए ।
मेहेताले प्रहरी हुँ भन्दै विभिन्न मानिसहरूलाई घम्की दिएर रकम असुल्दै आएको सूचना आएपछि प्रहरीले खोजी गरिरहेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













