संगालोखबर


भोजपुर । भोजपुरका कृषक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय व्यावसायिक अकबरे खुर्सानी खेती कृषकहरूको राम्रो आम्दानीको स्रोत बनेको छ ।

स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्ममा खुर्सानी बिक्री हुने गरेको छ । अकबरे खुर्सानीको बजारमा राम्रो माग रहेकाले कृषकहरू थप आकर्षित भएका हुन् ।

Advertisement

भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पौवादुङमाका खुर्सानी खेतीबाट एक किसानले न्यूनतम एक लाख ५० हजारदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती भइरहेको छ ।

पौवादुङमा गाउँपालिकासँगै भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खुर्सानी खेती हुने गरेको छ । उत्पादित खुर्सानी धरान, इटहरी, विराटनगर, झापा, बिर्तामोड, काठमाडौंलगायत सहरमा पुग्ने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!