संगालोखबर
फायल तस्वीर

विराटनगर । मोरङको कटहरी गाउँपालिका-६ थलाहामा करेन्ट लागेर कन्स्ट्रक्सनका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्की छन् ।

उनलाई मंगलबार राति बद्री यादवको घरमा मिटर बक्स राख्नलाई तार जडान गर्ने क्रममा करेन्ट लागेको थियो । बिजुलीको पोलमा चढेर तार जडान गर्दैगर्दा राति ८ बजेतिर सार्कीलाई अचानक करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी प्रीति कन्स्ट्रक्सनले बिजुलीको तार टांग्नलाई खटाइएका कर्मचारी हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!