संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मा छोराले बुबाको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४० वर्षीय मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरेर ६० वर्षीय बुबा सचिव अन्सारीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार जग्गा विवादमा रियाजले बुबाको शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । आज बिहान विवाद उत्कर्षमा पुगेपछि रियाजले बुबालाई छुरा प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । 

Advertisement

छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिब अन्सारीको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रियाजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको डीएसपी खतिवडाले जानकारी दिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!