
धनकुटा । धनकुटामा पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस मनाइएको छ । श्रीवनीस्थित एमाले पार्टी कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पणसँगै उनको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले कम्युनिष्ट नेताहरूले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे । नेताहरूले परिकल्पना गरेका र बाँकी थुप्रै योजना अनुसार काम गरेर पार्टीलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए ।

एमाले जिल्ला सचिव पर्शुराम नेपालले रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठ वैचारिकरूपले सशक्त र आम नेपालीका लागि प्रेरणादायी व्यक्तिको रुपमा परिचित रहेको भन्दै उनको योगदान चर्चा गरे ।
कार्यक्रममा एमाले नेता कार्यकर्ताहरूले श्रेष्ठको तस्वीरमा माल्यार्पण गरेर उनको स्मरण गरेका छन् ।

संगालोखबर 













