
विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ स्थित मदन भण्डारी लोकमार्गमा सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा लेटाङ-४ का ३२ वर्षीय जनम तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार सफारी चालक लेटाङ-४ का ३९ वर्षीय भीषण राई पनि सामान्य घाइते भएका छन् । उनलाई लेटाङकै एडभान्स अस्पतालमा उपचारपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













