
विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ त्रिवेणी चोकमा एक पुरुष मृत फेला परेका छन् । सोही स्थानका ५० वर्षीय शेरबहादुर खड्का मृत फेला परेका हुन् ।
सोमबार साँझ स्थानीयले घरदेखि करिब सय मिटर टाढा खड्कालाई मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको मृत्युको कारण खुल्न बाँकी छ ।
शव पोष्टमार्टमका लागि झापा स्थित दमक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













