
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी-८ का २० वर्षीय तुलसी पासवान छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सोमबार साँझ धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
बसको डिकीमा दुई वटा झोलामा लुकाएर राखिएको अवस्थामा ९ किलो गाँजा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी खतिवडाले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













