संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सौगात मगर छन् ।

इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान लागूऔषधसहित नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा ट्रामोल ९२ गोटी र डाइसाइक्लोमाइन एचसीएल ट्याब्लेट १२ गोटी बरामद गरेको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!