संगालोखबर
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का ४४ वर्षीय सरोज विकको तेजाब सेवनबाट मृत्यु भएको छ । असार २३ गते घरको धारा सफा गर्न राखेको तेजाब खाएर बिक सिकिस्त भएका थिए ।

उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनले मादक पदार्थ सेवन गरेर तेजाब खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

तेजाब खाएर सिकिस्त भएका विकलाई सुरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचार सम्भव नभएपछि विराट नर्सिङ होम विराटनगरमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा २ सातापछि मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!