संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका-३ स्थित ट्यांग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी-३ कल्याण चोकका ९ वर्षीय दीपसन चौधरी र इटहरी-२ का ९ वर्षीय क्रिश्वास लिम्बुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरू आज दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए । खोलामा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरू डुबेर गम्भीर घाइते भएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!