
सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार इटहरी-२० मा प्रदेश २-०१-००३ प २७२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा सिरहाको लाहान-८ का ५० वर्षीय विमल कुमार साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भोक्राहा नरसिंह गाउँपालिका-५ मा प्रदेश १-०२-००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १-०२-०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भोक्राहा नरसिंह-३ का ३५ वर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो । टिपर चालक भोक्राहा-२ का २८ वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













