
धनकुटा । धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कागियोघारी सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका तीन सय बढी बिरुवा रोपेको हो ।
सामुदायिक वनमा रहेको पानीको मुहान संरक्षणका गर्ने उद्देश्यसहित बिरुवा रोपिएको जनाइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद मिश्रका अनुसार पछिल्लो समय पानी नपरेका कारण पानीका मुहान सुक्न थालेपछी मुहान संरक्षणका लागि वृक्षरोपण गरिएको हो ।
जिल्लामा रहेका वन उपभोक्ता समूहसँग सहकार्य गरेर वृक्षारोपण गर्न थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताए ।

संगालोखबर 













