संगालोखबर


सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ भन्सार रोडबाट लागूऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका-९ की २१ वर्षीया प्रतीक्षा कुमारी राय छिन् ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको छ ।

Advertisement

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!