संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ मा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक रामधुनी-५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको हो ।

बिहीबार साँझ चतराबाट इटहरीतर्फ आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका राजधामीको उपचारका क्रममा आज बिहानको राति करिब १ः२५ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-८ का १९ वर्षीय संगम चौधरी पनि घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!