
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-६ सुकेआलबाट शुक्रबार लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि-५ का २३ वर्षीय सुवास राई छन् ।
प्रहरीले उनको साथबाट २ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रदेश १-०१-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर चेकचाँज गर्दा लागूऔषध फेला परेको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













