
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-७ क्वाटर डाँडाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । बिहीबार दिउँसो विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बाँसको झ्याङमा लुकाएको अवस्थामा गाँजा बरामद गरेको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार १० वटा पोकामा फेला परेको गाँजाको तौल तीन सय किलो छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ ।
बेवारिसे अवस्थामा फेला परेको गाँजा कसले कहाँबाट ल्याएको भन्ने खुल्न बाँकी छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 













