संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबासमा नेकपा माओवादी केन्द्र परित्याग गर्दै दुई दर्जनबढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । आज पाख्रीबास नगरपालिका-३ खोलीटारमा गरिएको कार्यक्रममा माओवादी परित्याग गर्दै उनीहरू एमाले प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, जिल्ला अध्यक्ष शिव आङ्ला, जिल्ला सचिवालय सदस्य नम्रता गौतम देउजा र पाख्रीबास नगरकमिटी उपाध्यक्ष मदन राईलगायतले अबिर, खादा र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य राईले जनतालाई शिरमा राखेर काम गर्ने र मतको कदर गर्ने बताए । ‘स्थानीयको आवश्यकता अनुसार विकास निर्माणमा सँधै साथ सहयोग रहनेछ’, उनले भने, ‘जनताको मतको सँधै कदर गर्नेछु ।’

जिल्ला कमिटी अध्यक्ष शिव आङ्लाले पार्टी प्रवेश मात्रै ठूलो कुरो नभएको बताउँदै पार्टीसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारण व्यक्त गरे ।

सोही अवसरमा स्थानीयले मुगाखोला खोलीटार-आपटारी बगर सडक स्तरोन्नति र खोलीटार-आपटारी विद्युत बिस्तार लगायतका योजनामा बजेट बिनियोजन गर्न माग गर्दै केन्द्रिय सदस्य राईलाई योजना पत्र बुझाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!