संगालोखबर


विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारबाट तीन क्विन्टल बढी गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहानको राति करिब १ बजेतिर गाँजा बरामद गरेको हो ।

१० वटा बोरामा प्याक गरेर राखेको अवस्थामा बरामद भएको गाँजाको तौल तीन सय २३ किलो तीन सय ग्राम रहेको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । बेवारिसे अवस्थामा फेला परेको गाँजा कसले राखेको खुल्न बाँकी छ ।

यसअघि धनपालथान गाउँपालिका-१ बाट उखुबारीभित्र राखिएको अवस्थामा आठ सय दुई किलो गाँजा बरामद भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!