संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको जहदा गाउँपालिका-४ हटिया टोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा-४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार आज बिहान करिब ६ बजेतिर पेस्तोल बरामद भएको हो । दिनेश मण्डलको भुस राख्ने छाप्रो घरभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको उनको भनाइ छ ।

Advertisement

प्रहरीले खानतलासी गर्दा प्लाष्टिकको बोरामा राखिएको गहुँको भुस भित्रबाट ‘मेड इन जापान’ लेखिएको पेस्तोल फेला पारेको हो । पेस्तोलसँगै हातमा लगाउने नक, एक थान खुकुरी र मोबाइल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न जहदा-४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पेस्तोल भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!