संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको मिक्लाजुङमा अटो रिक्साले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-६ जनजाति चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।

मंगलबार बिहान प्र १-०२-००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मगरलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले उनलाई फेला पारेर उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगेका थिए ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराट टिचिङ अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने अटो चालक फरार छन् । प्रहरीले अटो चालक मिक्लाजुङ गाउँपालिका-६ का २५ वर्षीय रोशन लिम्बुको खोजी गरिरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!