संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले भाका नाघेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी संस्थाले दिएको ऋण समयमै चुक्ता नहुँदा समस्या देखिएपछि नगरपालिकाले आज सूचना जारी गरेर नगर क्षेत्रका सबै सहकारी संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो ।

बचत गरेको रकम फिर्ता नपाएपछि अहिले बचतकर्ताहरू समस्यामा छन् । उनीहरूले बचत फिर्ताका लागि पटक-पटक ताकेता गरिरहेका छन् । सहकारी सञ्चालकहरूले ऋण फिर्ता नहुँदा बचतकर्ताको रकम दिन नसकिएको बताउँदै आएकाले नगरपालिकाले यो विषयमा चासो बढाएको हो ।

Advertisement

सहकारी सञ्चालक समितिका पदाधिकारीहरूबाट विशेष समिति गठन गरी ऋण असुलीको कार्ययोजना बनाउन नगरपालिकाले सहकारीहरूलाई भनेको छ । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा धितो लिलाम गरेर भएपनि ऋण असुल गर्न भनिएको छ । 

सम्झौता अनुसार ऋण नतिर्ने ऋणीहरूलाई ३५ दिनको समय तोकेर सावाँ र ब्याज चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशनका लागि सहकारीहरूलाई निर्देशन दिइएको छ । सो अवधिमा पनि ऋण नतिर्नेहरूलाई नगरको सहकारी ऐन बमोजिम धितो लिलाम बिक्रीका लागि प्रक्रिया अगाडि बढाउन नगरपालिकाको निर्देशन छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!