संगालोखबर


धनकुटा । धनकुटामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघ र डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना तथा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आँखा परीक्षण गरिएको हो ।

धनकुटा नगरपालिका-६ जिरोप्वाइन्टमा भएको शिविरमा एक सय बढी चालकको आँखा परीक्षण गरिएको थियो । जसमा २५ जनालाई चस्मा वितरण गरिएको थियो भने १६ जनालाई रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

Advertisement

धनकुटा हुँदै भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा लगायतका जिल्लामा आवत-जावत गर्ने सवारी चालकहरूको आँखा परीक्षण गरिएको थियो । सोही समयमा मादक पदार्थ तथा लागूऔषध सेवन गरेनगरेको पनि परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!