संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले दुई जना वडाध्यक्षलाई गाउँसभामा प्रवेश गर्न रोक लगाएका छन् ।

अनुशासन उल्लंघन गरेको भन्दै वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई अध्यक्ष माझीले सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका हुन् ।

Advertisement

आज सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेको उल्लेख गरेका छन् ।

नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन गाउँसभामा प्रस्तुत गरियो भन्ने विषयमा दुई वडाध्यक्षले प्रश्न उठाएका थिए । सोही विषयलाई लिएर अध्यक्ष माझीले उनीहरूलाई प्रवेश निषेध गरेको जनाएका छन् ।

‘२०८२ असार २७ गते ग्रामथान गाउँपालिकाको १७ औँ गाउँसभाको तेस्रो बैठकमा दुवै वडाध्यक्षले अनुशासन भंग गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने र सभाको प्रतिष्ठामा आँच र्पुयाउने कार्य गरेका कारण, गाउँसभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६(४) अनुसार सात दिनका लागि बैठकमा निषेध गरिएको हो’, आदेशमा भनिएको छ ।

आफूहरूले सामान्य प्रश्न मात्र गरेकोमा बदनियतपूर्ण रूपमा कारबाही गरिएको भन्दै निषेधमा परेका वडाध्यक्षहरूले कानुनी उपचार खोज्ने जनाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!