संगालोखबर


विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् ।

घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार विद्युतीय अपराध मुद्दामा जिल्ला अदालत सुनसरीबाट तीन दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!