
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

संगालोखबर 













