संगालोखबर


विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ पैटामबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अररिया जिल्ला पँहुसी ग्राम पंचायत-२ का २२ वर्षीय मोहमद इर्साद छन् ।

सोमबार राति करिब ८ः३० बजेको समयमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार इर्सादले बोकेको जेब्रा झोलाबाट २५ किलो २५० ग्राम गाँजा बरामद भएको छ । मोटरसाइकल र गाँजासहित उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!