संगालोखबर


विराटनगर । मोरङ र सुनसरीका सुनचाँदी व्यवसायीहरूले आन्तरिक राजश्व कार्यालय विराटनगर अगाडि धर्ना दिएका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुनचाँदी व्यवसायीहरूले धर्ना दिएका हुन् ।

सुनचाँदी व्यवसायीहरू तीन सातायता पसल बन्द गरेर सडकमा उत्रिएका छन् । व्यवसायीहरूले पहिलो चरणमा कर खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली  र अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।

Advertisement

सुनचाँदी व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रमुख राजनीतिक दलका पदाधिकारीलाई समेत ज्ञापन पत्र बुझाएर कर खारेजीको पहल गरिदिन आग्रह गरिसकेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने व्यवसायीहरूले बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!