संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको मधुबन-१ का २४ वर्षीय अरबिन यादव छन् ।

प्रहरीका अनुसार ढाटबाट कन्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आज बिहान ४ः३५ बजे विराटनगर-३ आयल निगममा आफैँ अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा बिहान ४ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!