संगालोखबर


विराटनगर । विराटनगरमा लुटपाट र अपहरणको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समीर हुसेन र विराटनगर-६ का २५ वर्षीय तासिब अन्सारी छन् । उनीहरू आइतबार पक्राउ परेका हुन् ।

‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले असार ११ गते लुटपाट गरेको खुलेको छ । उक्त घटनामा संलग्न एक जना भने फरार छन् । मोरङ प्रहरीका अनुसार उनको खोजी भइरहेको छ ।

Advertisement

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार तीन जनाको समूहले विराटनगर-१५ का विक्रमकुमार साहलाई विराटनगर-१३ महतो टोलबाट अपहरण गरेका थिए ।

मोटरसाइकल र स्कुटरमा रहेका उनीहरूले विराटनगर आँखा अस्पताल छेउ हुँदै रेलवे लाइनमा पुर्‍याएर विक्रमसँग भएको रकम लुटेका थिए । विक्रमले विराटनगर-१५ का धर्मानन्द साहसँग तीन लाख ६४ हजार रुपैयाँ सापटी लिएर घरतर्फ फर्कँदै थिए ।

सोही क्रममा उनीमाथि लुटपाट भएको प्रहरीको भनाइ छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहको डीएसपी चुडालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!