संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवक छन् । उनी बालिकाकै काका भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे धनपालथानको रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा चोटपटक पनि देखिएको थियो ।

Advertisement

राति बालिका हराएको भनेर प्रहरीले खबर पाएपछि खोजीगर्दा घरभन्दा करिब एक सय मिटर टाढा शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर उक्त ठाउँमा फालेको खुलेको छ ।

पक्राउ परेका युवकविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!