
धनकुटा । धनकुटामा १० क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । आज धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा एक हजार ६८ किलो गाँजा जलाएर नष्ट गरिएको हो ।
विभिन्न समयमा फरक-फकर स्थानबाट बरामद भएको उक्त गाँजा जलाएर नष्ट गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार उक्त गाँजा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद भएको थियो ।

संगालोखबर 













