
विराटनगर । विराटनगरमा विवाह घरमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१८ का १७ वर्षीय अमित यादव छन् ।
आज बिहानको राति १ः३० बजेको समयमा डिजे बजाएर नाच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनलाई डिजेमा जोडेको तारबाट करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













