संगालोखबर


विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-६ का ३७ वर्षीय किसन चौधरी छन् ।

गत जेठ २८ गते विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि पार्किङ गरेर राखिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

Advertisement

मोरङ प्रहरीका अनुसार उनी बिहीबार साँझ ५ बजे मोटरसाइकल चलाइरहेको अवस्थामा कटहरी गाउँपालिका-१ मा फेला परेका थिए । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!