
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-३ बगैँचा टोलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका ६२ वर्षीय पूर्णबहादुर राई छन् ।
बुधबार राति ९ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ५५६९ नम्बरको मोटरसाइकलले राईलाई ठक्कर दिएको प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका इन्स्पेक्टर सुजन मुदेलले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि झुम्कास्थित साइ अस्पताल लगिएको थियो । उपचार पश्चात उनलाई डिस्चार्ज गरिएको अस्पतालका म्यानेजर प्रदिप चौलागाइँले जानकारी दिए ।
- सम्पादकीय नोट: जिल्ला प्रहरी कार्यालय सुनसरीले इमेलमार्फत दिएको घटनाको जानकारी गलत भई समाचारमा अन्यथा हुन गएकाले सच्याइएको छ । यसबाट सम्बन्धित पक्षलाई पर्न गएको असरप्रति क्षमाप्रार्थी छौ ।

संगालोखबर 













