संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ दर्वेशामा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-१ का ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको हो ।

मंगलबार दिउँसो खेत जोतेर बाटोमा निस्कदैँ गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

ट्याक्टरको ठक्करबाट घाइते भएका न्यौपानेलाई उपचारका लागी रंगेली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजन भट्टराई घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक रंगेली-८ का ३० वर्षीय जीवन ताजपुरियालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!