
धनकुटा । धनकुटामा पत्रकारहरूलाई लक्षित चार दिने मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सांसद निरन राईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा निकै चुनौती थपिएकाले समयसापेक्ष प्रविधिको ज्ञान लिन आवश्यक भएको बताए । उनले अहिलेको अवस्थामा एआई सम्बन्धी तालिम सबैले लिन आवश्यक भएको उल्लेख गरे ।
तालिममा जिल्लाका क्रियाशील पत्रकारहरू सहभागि छन् । जेठ २४ देखि सुरु भएको तालिम जेठ २७ गते सम्पन्न हुने नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासले जानकारी दिए ।
तालिममा स्थानीय तथा राष्ट्रिय मिडियामा आवद्ध सञ्चारकर्मी तथा पत्रकारहरूको सहभागि छन् । तालिमको मुख्य प्रशिक्षक जीवन भण्डारी छन् ।

संगालोखबर 













