
धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजासहित प्रतिबन्धित लागूऔषध जलाएर नष्ट गरेको छ । शनिबार धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा नौ सय ९९ किलो गाँजा जलाएर नष्ट गरिएको हो ।
यस्तै प्रतिबन्धित लागूऔषध ट्रामाडोल आठ सय सय ९१ क्याप्सुल, डाइक्लोमाइन हाइड्रोक्लोराइड आठ सय ९१ ट्याब्लेट जलाएर नष्ट गरिएको छ ।
धनकुटामा प्रहरीले पछिल्लो समय लागूऔषध, गाँजासहित ओसार-पसारमा संलग्नलाई पक्राउ गर्ने अभियान तीब्र बनाएको छ ।

संगालोखबर 













