
विराटनगर । मोरङको केराबारी गाउँपालिका-६ तामाङ टोलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन् ।
बिहीबार राति १०ः३० बजेतिर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा लुकाएर राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको हो ।
बन्दुक बरामद भएसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













