संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ कलाबन्जार चोकबाट ‘ह्युम पाइप’ भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको छ । शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले तीन सय ४७ किलो गाँजा बरामद गर्न सफल भएको हो । 

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका-५ का ३० वर्षीय राजेशकुमार कामत छन् । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ११ः४५ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

प्रदेश १-०४-००१ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई मोटरसाइकल रोकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा बुधबार दिउँसो खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । 

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिइएको स्थानबाट तीन सय मिटर उत्तर १२ वटा बोरामा प्याक गरेर लुकाएको अवस्थामा गाँजा फेला परेको थियो । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!