संगालोखबर


विराटनगर । सुनसरीबाट खोलाको बगरमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद भएको छ । मंगलबार साँझ हरिनगर गाउँपालिका-५ र ६ को सिमाना स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर राखेको अवस्थामा गाँजा बरामद भएको हो ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक हजार एक सय २० किलो गाँजा बरामद गरेको छ ।

Advertisement

नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका २० जनासहित ४० जनाको संयुक्त टोलीले उक्त स्थान वरिपरि खोजतलास गर्दा सो परिमाणमा गाँजा बरामद भएको डीएसपी खतिवडाले जानकारी दिए ।

उनका अनुसार ३८ वटा बोरामा गाँजा भेटिएको हो । बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!