संगालोखबर
सांकेतिक तस्वीर


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार दमक नगरपालिका-१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।  

अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन अदालतबाट जेठ १५ गते म्याद थप गरिएको थियो । 

Advertisement

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहान करिब सवा ९ बजेतिर अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान साढे ११ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनलाई यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!