संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिा-८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालको अग्रसरतामा पार्क निर्माण हुन लागेको हो ।

दुई बिगाहा आठ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको विराटनगर-८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन् । पार्क निर्माणका लागि टिकाराज ढकालले सहुलियत दरमा जग्गा उपलब्ध गराएका छन् ।

Advertisement

दुई विगाहा आठ कठ्ठा जमिनमध्ये १४ कठ्ठा बैना गरिसकेको अर्ज्यालले बताए । बाँकी जमिन खरिदका लागि सहयोगी दाताको खोजी गरिने उनको भनाइ छ ।

विराटनगर महानगरपालिका भित्र एउटा पनि रमणीय पार्क नभएकाले दैनिक एक-एक रुपैयाँ सङ्कलन गरेर पार्क निर्माण गर्ने लक्ष्य रहेको उनले सुनाए ।

पार्क निर्माणका लागि सो स्थान आसपासमा रहेका ऐलानी जमिनका लागि वडा कार्यालयले सहजीकरण गर्ने  वडाध्यक्ष पोखरेलले बताए । उनले पार्क निर्माणका लागि वडाले हातेमालो गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!